दफा
कोषको पुँजी र शेयर बाँडफाँट
(१) कोषको अधिकृत पुँजी आठ अर्ब रुपैयाँ हुनेछ र सो रकमलाई एक सय रुपैयाँका दरले आठ करोड कित्ता शेयरमा विभाजन गरिनेछ ।

(२)कोषको जारी पुँजी आठ अर्ब रुपैयाँ र चुक्ता पुँजी तीन अर्ब रुपैयाँ हुनेछ र सो रकमको शेयरलाई देहाय बमोजिम बाँडफाँट गरी वितरण गरिनेछ:-
(क) नेपाल सरकार - तेइस दशमलव तीन चार प्रतिशत (ख) राष्ट्रिय बिमा संस्थान - एकतीस दशमलव पाँच पाँच प्रतिशत
(ग) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड - दश प्रतिशत
(घ) अन्य बैंक वा बित्तीय संस्थाहरु - पन्ध्र दशमलव एक एक प्रतिशत
(ङ) सर्वसाधारण - बीस प्रतिशत ।

(३) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमका शेयरधनीले आफूले लिएको शेयर बिक्री गर्नु परेमा कोष मार्फत्‌ नेपाल सरकारबाट अनुमति लिनु पर्नेछ ।

(४) कोषले कुनै विदेशी बैंक वा वित्तीय संस्था वा विदेशी नागरिकलाई शैयर बिक्री वितरण गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

(५) प्रत्येक शेयर अविभाज्य हुनेछ । शेयरवालाले आफूले लिएको प्रत्येक शेयरको एक मतको हिसाबले साधारण सभामा मत दिन “पाउनेछ र शेयरवालाको दायित्व निजले लिएको शेयरको मूल्यको हदसम्म सीमित रहनेछ ।